देशको सबैभन्दा ठूलो स्टेडियम बनाउने तयारी गर्दै श्रीलंका
काठमाडौं । श्रीलंका सरकारले क्रिकेट बोर्ड संगको सहकार्यमा देशकै सबैभन्दा ठूलो रङशाला बनाउने घोषण गरेको छ । २६ एकडमा फैलिएको स्टेडियम करिब ६० हजार दर्शक क्षमताको हुनेछ। यो स्टेडियम निर्माण गर्न लगभग तिन देखि चार करोड डलर खर्च हुनेछ ।
तर सरकार र बोर्डको निर्णयमा श्रीलंकाका पूर्व कप्तान महेला जयवर्धने असन्तुष्ट रहेका छन। जयवर्धनेले यो निर्णयमा प्रश्न उठाउदै भएका पूर्वाधारहरुको पूर्ण उपयोग हुन नसकिरहेको बेलामा अर्को स्टेडियमको किन आवश्यकता ? भनेर प्रश्न गरेका छन ।
??? We don’t even play enough international cricket or domestic first class cricket in the existing stadiums we have … Do we need another one? ?♂️ https://t.co/8CgmgiDyy1
— Mahela Jayawardena (@MahelaJay) May 17, 2020
जयवर्धनेले ट्वीट गर्दै भने, यदि हामी भएका स्टेडियमहरूमा धेरै अन्तर्राष्ट्रिय वा प्रथम श्रेणी क्रिकेट खेल्दैनौं भने अरू किन चाहिन्छ ?
एसएलसीका अध्यक्ष शम्मी सिल्वा र सूचना सञ्चार टेक्नोलोजी, उच्च शिक्षा टेक्नोलोजी र मन्त्री बंडुला गुणवारडाले उक्त ठाउँको भ्रमण गरेका थिए। स्टेडियममा फ्लडलाइट सुविधा सहित तिन बर्ष भित्रमा पूरा गर्ने लक्ष्य रहेको छ ।
Facebook Comment