टि १० क्रिकेट लिगमा लान्स क्लसनर बने बङला टाइगरका निर्देशक
काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर तथा अफगानिस्तान क्रिकेट टीमका प्रमुख प्रशिक्षक लान्स क्लसनरलाई बङला टाइगरको निर्देशकको रुपमा नियुक्त गरिएको छ। अबुधाबी टि–१० क्रिकेट लिग यस वर्ष १९ देखि २८ नोभेम्बर सम्म आयोजना हुँदैछ। बङला टाइगर टिम गत वर्षको प्रतियोगितामा तेस्रो स्थानमा रहेको थियो।
क्लसनरको नियुक्ति पछि टोलीका अध्यक्ष मोहम्मद यासीन चौधरीले भने, “मेरो लक्ष्य भनेको बङला टाइगरलाई प्रतियोगिताकै एक सफल टीम बनाउने हो, त्यसकारण क्लसनरलाई टोलीसँग जोडिएको हो ।”
उनले भने, “मलाई लाग्छ कि उनको क्रिकेटको करियर, उनको अनुभव र क्रिकेटको बारेमा उनको समझदारीले हाम्रो टीमलाई सही दिशामा लैजानमा महत्वपूर्ण भूमिका खेल्छ।”
बङला टाइगर टोलीमा थिसारा परेरा, लियाम प्लान्केट, हसन अली, कोलिन डि ग्रान्डहम, रिले रुसो, जेम्स फाल्कनर र शेहान जयसूर्या जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरु छन्।
Facebook Comment