बास्केटबल खेलाडी माइकल जोर्डनको जुत्ता पाँच लाख साठी हजार डलरमा बिक्री

डिसी नेपाल
५ जेठ २०७७ १५:०६

काठमाडौं । जब कुनै खेलाडीले अवकाश लिन्छन् उनीहरु प्रायः आफ्नो खेल करियरमा प्रयोग भएका समानहरूको लिलामी गर्दछन । माहान बास्केटबल प्लेयर माइकल जोर्डनले पनी यस्तै गरे। जोर्डनले भर्खरै आफ्नो एयर जोर्डन जुत्ताहरू लिलाममा राखेका थिए, जुन लाखौं डलरको लागि लिलामी भयो।

सोथेबीको लिलामी घरमा, यि जुत्ताहरू पाँच लाख साठी हजार डलरमा बिक्री भएको थियो र यो बास्केटबलको जुत्ताका लागि रेकर्ड रकम हो। सेता, कालो र रातो जुत्ता माइकल जोर्डनको लागि सन १९८५ मा बनेको थियो र उनले यसमा अटोग्राफहरू पनि दिएका छन्।

जोर्डनका जुत्ताहरूले नाइकेको सब भन्दा पुरानो जुत्तामध्ये ‘मून जुत्ता’ को रेकर्ड तोडेको छ। सन २०१९ को जुलाईमा सोथेबीको लिलामीमा ‘मून जुत्ता’ ४ लाख ३७ हजार डलरमा बिक्री भएको थियो। सोथेबीले यो जुत्ता १ लाखदेखि डेढ लाख डलरमा बिक्रीहुने अनुमान गरेका थिए तर लिलामीको समयमा जुत्ताको लागि बोल्ने बोली बढी थियो।

एयर जोर्डन वन फुटवेयरको पहिलो मोडल हो जुन नाइकेले माइकल जोर्डनको लागि विशेष डिजाइन गरेको थियो। माइकल जोर्डनले एनबीए मा आफ्नो पहिलो सीजनमा यि जुत्ताहरु लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *