वडा सदस्य पाठकको निधन
चितवन । भरतपुुर महानगरपालिका–४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । पाठक लामो समयदेखि आन्द्राको समस्याबाट ग्रसित थिए ।
सन्ताउन्न वर्षीय पाठकको आज दिउँसो उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । उनि विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका–४ मा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए। विसं २०२० पुस ७ गते भारतको मोतिहारीमा जन्मिएका पाठक नेपाली काँग्रेस भरतपुर महानगरपालिकाका पूर्व सचिव, नेपाल तरुणदल चितवनका पूर्व सचिव भई काम गरिसकेका छन् ।
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले युवा नेताको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए । उनका दुई छोरा र एक श्रीमती रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment