कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ

डिसी नेपाल
५ जेठ २०७७ २०:२७

भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ परेका छन्। रामप्रसाद राई गाउँपालिका–७ बासिखोरा बस्ने डण्डु र डिल्ली प्रसाद भन्ने ६५ वर्षीय डिल्ली कुमार राईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत भोजपुरको २०४० असार २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले कैद सजाय भएको ३७ वर्षपछि पक्राउ गरेको हो ।

राईलाई जिल्ला अदालत भोजपुर पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय भोजपुर पठाइएको उक्त कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *