कर्णालीमा पहिलो पटक देखियो कोरोना, थप १८मा पुष्टि
काठमडौं । थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । याे संगै काेराेनाबाट संक्रमित हुनेकाे संख्या ३ सय ७५ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमण हुनेहरुमा कर्णाली प्रदेश दैलेखका १ जना पुरुष, धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेका छन् ।
आठविस नगरपालिका १ निवासी ती पुरुषमा देखिएसँगै कर्णालीमा पहिलो पटक कोरोना देखिएको हो ।
प्रतिक्रिया
Facebook Comment