राष्ट्रिय टिमका पूर्व खेलाडीको तेस्रो कोरोना टेस्ट ‘नेगेटिभ’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रन्जित श्रेष्ठको तेस्रो कोरोना टेस्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमण भएपछि उनी हाल आइसोलेशनमा रहेका छन । सोमबार रन्जित आफैले सामाजिक सन्जालमार्फत आफ्नो तेस्रो टेस्ट नेगेटिभ आएको जनाएका छन ।
कुनै समय निकै प्रतिभावान मिडफिल्डरको पहिचान बनाएका रन्जित हाल वैदेशिक रोजगारीको लागि दुबईमा रहेका छन । करिब १० दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कम्पनीले नै आइसोलेसनमा राखेको थियो । उनले सामाजिक सन्जालमार्फत आफु कोरोना संक्रमित भएको जानकारी गराएका थिए ।
रन्जितका अनुसार उनको दोस्रो टेष्ट पनि पोजेटिभ नै आएको थियो । दोस्रो रिपोर्टप पनि पोजेटिभ आएपछि फेरि टेष्ट गरेको थियो र दुबई हेल्थ अथोरिटीबाट तेस्रो टेस्ट हिजो नेगेटिभ भनेर म्यासेज आएको उनले बताए । साथै उनले आइसोलेसनमा रहने क्रममा परिवार, आफन्त तथा सर्मथकहरु बाट आफुलाई स्वास्थ्य लाभको कामना संदेशहरु आएकोले सबैमा धन्यबाद ज्ञापन गरेका छन । उनले आइसोलेसनमा रहदा आफुले धेरै पोजेटिभ कुराहरु सिकेको र कोरोना भाईरस लागेपछि नआतिएर चिकित्सकहरुले दिएको गाईडलाईन लाई पालना गर्दै आफुलाई शारीरिक मानिसक रुपमा बलियो बनायो भने यो भाईरस संग सजिलै जित्न सक्ने बताए ।
रन्जितले अबको २–३ दिनमा फेरि अर्को परिक्षण हुने र उक्त परिक्षणको रिर्पोट आएपछि उनी सामान्य अवस्थामा आफ्नो दैनीकि कामकाजमा फर्कने बताएका छन ।
https://www.facebook.com/ranjit.stha.71/posts/3289376154458551
Facebook Comment