अभाव, दबाब र तनावमा क्रिकेटका दश वर्ष (काजल श्रेष्ठ) : जन्मदिन बिशेष

डिसी नेपाल
६ जेठ २०७७ १४:१४

काठमाडौं । झापा काकाँडभिट्टादेखि आफ्नो क्रिकेट करियर सुरु गरेकी काजल श्रेष्ठले महिला राष्ट्रिय क्रिकेट टोलिमा आफ्नो स्थान बनाउन निकै संघर्ष गर्नुपर्यो । क्रिकेट खेल्न ब्याट र बल बोकेर निस्कँदा आमाबुवाको गाली बाट सुरुवात भएको उनको क्रिकेट करियर १५ वर्षको उमेरमा विद्यालयस्तरीय प्रतियोगिता, सिनियर छनोट प्रतियोगिता र धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदै राष्ट्रिय टोलिसम्म आईपुग्यो ।

सुरुमा केटीले पनि क्रिकेट खेल्छन् ? भन्दै आलोचना खेपेकी काजलले विस्तारै आमा र बाबाबाट साथ पाउन थालीन । तर उनका हजुरबुवा र हजुरआमा भने ‘किन क्रिकेट खेलाएको ?’ भन्दै बुवाआमालाई गाली गर्नु हुन्थ्यो । तैपनि बुवाआमाको साथ पाएपछि उनलाई निकै सजिलो भयो । जति पनि आवश्यक पर्ने खेल सामग्रीदेखि खाने खर्चसम्म उनका बाबाआमाले कमी हुन दिएनन ।

सन २०१४ मा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा वेस्ट ब्याट्सवुमन भएकी काजल सिनियर टिमको लागि छनोट भईन । सिनियर टिमको क्लोज क्याम्पमा राम्रो प्रर्दशन गरेपछि टिममा पर्दै उनले सन २०१४ मा थाइल्यान्डमा मा भएको एसीसी लिग प्रतियोगिता मार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने मौका पाईन । थाइल्यान्ड टुरमा राम्रो प्रर्दशन गर्न नसकेपछि सिनियर टिमबाट डेब्यू गरेको केही वर्ष त उनी फ्लप जस्तै भईन । तर थाइल्यान्ड वुमन टी–२० स्मासदेखि विश्वकप छनोटसम्मका प्रतियोगिताहरुमा उनको प्रर्दशनमा सुधार आएपछि पछिल्लो दुई वर्षदेखि भने निरन्तर राष्ट्रिय टिममा रहेकी छिन ।

अभाव, दबाब र तनावमा क्रिकेटका दश वर्ष बिताएकी काजल पहिलोपटक फ्रेन्चाइज क्रिकेट महिला च्याम्पियन्स लिगको उपाधि टोली चितवन राइनोजकी सदस्य थिईन । २०५६ जेठ ६ गते झापामा जन्मेकी काजल आज २० औं बसन्त पुरागर्दै २१ औं बसन्तमा प्रबेश गरेकी छिन । डिसी नेपाल डटकम लगायत सम्पूर्ण क्रिकेट सर्मथकहरुको तर्फबाट काजल श्रेष्ठलाई उनको क्रिकेट करियर अझ धेरै उचाईमा पुगेको हेर्न पाईयोस भन्दै जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छौ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *