मुगुका संचारकर्मीहरुको स्वाब संकलन
मुगु । कोरोना भाईरस(कोभिड १९) नियन्त्रण, रोकथाम, उपचार, राहत, सुरक्षा र समाचार संकलनमा अग्रपंतीमा रहि काम गर्ने संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको कोरोना संक्रमण भए नभएको जाँच गर्न आज उनीहरुको स्वाव संकलन गरिएको छ ।
कोरोना भाईरस नफैलियोस भनेर सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले संचालन गरेका राहत, उपचार, क्वारेनटाईन, आईसुलेसन, सुरक्षा, उद्दार जस्ता कार्यमा अग्रपंतीमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु उच्च जोखिममा रहेकाले उनीहरुको आज भिटिआर पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएको हो ।
८ जना संचारकर्मी सहित १२० जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए।
कर्णाली प्रदेश सरकारले मुगु जिल्लाका सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकामा स्वाव संकलनका लागी पठाएकोमा स्वास्थ्यकर्मीहरुले संकलन गरेको स्वाव आजै हेलीकप्टर मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाई सकिएको छ ।
मुगुमा ९६ जनाको र सोरुमा संकललित ९२ जनाको स्वाव मध्ये ५६ जना गरि आज १४२ जनाको स्वाव हेलिकप्टर मार्फत जुम्ला पठाईएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
सोरु गाँउपालिकामा बाकी रहेका ३६ र सदरमुकाममा संकलन गरिएका १२० सहित १५६ जनाको स्वाव बुधबार जिल्ला अस्पतालको एम्बुलेन्स मार्फत जुम्ला पठाईने पनि डाक्टर नगरकोटीले जानकारी दिए ।
Facebook Comment