कालापानी विवाद : चीनकाे धारणा कसकाे पक्षामा ?
![कालापानी विवाद : चीनकाे धारणा कसकाे पक्षामा ?](https://www.dcnepal.com/wp-content/uploads/2020/05/5ec41540a2500_China_Charged_USA.jpg)
काठमाडौं। चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ। चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन्।
प्रवक्ता लिजानले भारत र नेपालले मैत्रीपूर्ण सल्लाहका आधारमा कालापानीको समस्या समाधान गर्ने र एकपक्षीय कार्यले अवस्था असहज बनाउने हुनाले त्यसबाट सचेत हुनुपर्ने धारणा राखे।
भारतले कालापानीमा सडक निर्माण गरेको र भारतीय सेनाध्यक्ष एम एम नरवणेको तेस्रो पक्षको उक्साहटमा नेपालले कालापानीको मुद्दा उचालेको सन्दर्भमा राखिएको जिज्ञासामा उहाँले चीनको धारणा प्रष्ट्याए।
भारतले कालापानीमा सडक निर्माण गरेपछि नेपालले कुटनीतिक नोट पठाएर उक्त कदमको विरोध गरेको छ। लगत्तै भारतीय सेनाध्यक्ष नरवणेले नेपालले तेस्रो पक्षको उक्साहटमा कालापानीको मुद्दा उचालेको दाबी गरेका थिए।
प्रत्यक्ष नाम उल्लेख नगरेपनि भारतीय सेनाध्यक्षले उद्धृत गरेकाे तेस्रो पक्ष चीन रहेको विश्वास गरिन्छ। नेपाल सरकारले मई १८ मा मन्त्रिपरिषद्को बैठकबाट अतिक्रमित भूभाग कालापानीलाई समेटेर नेपालको नक्सा परिमार्जनसहित प्रकाशन गर्ने निर्णय गरेको छ। गाेरखापत्र दैनिक
Facebook Comment