‘बुटवलमा उपचाररत गुल्मीका संक्रमितको मृत्यु भएको छैन, मृत्युको समाचार हल्लामात्र’

डिसी नेपाल
७ जेठ २०७७ १०:५७

काठमाडौं। बुटवलको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु भएको खबर झुटो भएको अस्पतालले जनाएको छ । बुधबार बिहान करिब पौने ११ बजेसम्म उनको अवस्था अघिल्लो दिनको जस्तै रहेको र डाक्टरहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले बुधबार बिहान पौने ११ बजे डिसीनेपालसँगको टेलिफोन कुराकानीमा बिरामीको अवस्था अघिल्लो दिनको जस्तै भएको र मृत्यु भएको खबर सत्य नभएको बताए । ‘केही मिडियामा मन्त्रीज्यूलाई नै कोट गरेर समाचार आएका छन् रे । पत्रकार साथीहरुले हामीसँग पुष्टि गरे हुने हो’ उनले भने ‘मृत्यु भएको खबर सत्य होइन । भर्खरै डाक्टरको टोलीले चेकअप गरेर निस्केको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *