लेवान्डोस्कीको पाचौं सिजनमा लगातार चालिस गोल, मेस्सी र रोनाल्डो पछि विश्वका तेस्रो खेलाडी

काठमाडौं । पोल्यान्डका स्टार फुटबलर रोबर्ट लेवान्डोस्कीले एक नयाँ कीर्तिमान स्थापित गरेका छन। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी पछि लगातार पाचौं सिजनमा ४० भन्दा बढी गोल गर्ने उनी तेस्रो खेलाडी बनेका छन।
आइतबार बुन्डेसलिगामा भएको खेलमा बोएर्न म्युनिकले युनियन बर्लिनलाई २–० ले पराजित गरेको छ । खेलको पहिलो गोल म्युनिकका लागि ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी मार्फत गरे, यो गोलसंगै उनले नयाँ विश्व कीर्तिमान पनि बनाए । म्युनिकको लागि अर्को गोल ८० औं मिनेटमा बेन्जामिन पोवर्डले गोल गरे। लेवान्डोस्की एकै सिजनमा ४३ गोलको आफ्नै रेकर्ड तोड्न नजिक पनि पुगेका छन। उनले २०१६–२०१७ को सिजनमा यो रेर्कड बनाएका थिए ।
लेवान्डोस्कीले हरेक वर्ष सानदार प्रदर्शन गरेका छन, तर उनलाई मेस्सी र रोनाल्डोको अगाडि सधैं बेवास्ता गरिएको छ। केवल मेस्सी र रोनाल्डोले अन्तिम ११ बेलन डी ओ पुरस्कारहरू जितेका छन्। तर पछिल्लो ५ सिजनको आकडा हेर्दा २ सिजनमा लेवान्डोस्कीले रोनाल्डोलाई गोलमा पछाडि छोडेको देखिन्छ ।
आईतबारको जितसँगै म्युनिक ५८ अंकका साथ अंकतालिकामा शीर्ष स्थानमा यथावत रहेको छ। म्युनिकले २६ खेल मध्ये १८ जितेको भने ४ खेल बराबरी खेलको छ । त्यस्तै युनियन बर्लिन ३० अंक सहित १२ औं स्थानमा रहेको छ । बर्लिनले २६ खेल मध्ये ९ खेल जितेको छ भने ३ बराबरीका साथ ११ खेलमा हार ब्योहोरेको छ ।
Facebook Comment