अस्पतालले विज्ञप्ति नै निकालेर भन्यो – ‘गुल्मीका संक्रमितको मृत्यु भएको छैन’

डिसी नेपाल
७ जेठ २०७७ १३:०७

काठमाडौं। बुटवलको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु भएको खबर फैलिएपछि अस्पतालले विज्ञप्ति नै निकालेर खण्डन गर्नु परेको छ । अस्पतालले मध्यान्ह १२ बजे विज्ञप्ति निकाल्दै बिरामीको अवस्था गम्भीर भएको बताएको छ ।

यसअघि अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले पनि बुधबार बिहान पौने ११ बजे डिसीनेपालसँगको टेलिफोन कुराकानीका बिरामीको अवस्था अघिल्लो दिनको जस्तै भएको र मृत्यु भएको खबर सत्य नभएको बताएका थिए । ‘केही मिडियामा मन्त्रीज्यूलाई नै कोट गरेर समाचार आएका छन् रे । पत्रकार साथीहरुले हामीसँग पुष्टि गरे हुने हो’ उनले भनेका थिए ‘मृत्यु भएको खबर सत्य होइन । भर्खरै डाक्टरको टोलीले चेकअप गरेर निस्केको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *