नेपालको नक्सामा भारतको आपत्ति, बिज्ञप्ति निकालेर गर्‍यो विरोध

डिसी नेपाल
७ जेठ २०७७ २१:३४

काठमाडौं । नेपालले जारी गरेको नयां नक्सामा भारतले आपत्ति जनाएको छ । भारत सरकारका तर्फबाट आज एक विज्ञप्ति जारी गर्दै नेपालले हालै जारी गरेको नक्सामा भारतीय भूमि समेटिएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

भारतीय बक्तब्यमा नेपाल सरकारले आज जारी गरेको उसको संशोधित आधिकारिक नक्साले भारतीय भूमि पनि समावेश गरेको छ भन्दै यस्तो कार्यलाई एकपक्षीय भएको आरोप लगाएको छ । बक्तब्यमा भनिएको छ, नेपाल सरकारको यो काम एकपक्षीय र ऐतिहासिक प्रमाण र तथ्यहरुका आधारमा छैन ।

भारतले नेपालको नयां नक्सा प्रकाशनलाई कुटनैतिक वार्ताका माध्यमबाट दुई पक्षीय समझदारीका आधारमा सीमा समस्या समाधान गर्ने कार्यका बिरुद्ध भएको टिप्पणी गरेको छ । उसले नेपालको नक्सालाई कृत्रिमरुपले सीमा बढाइएको भन्दै यस्तो दावीलाई भारतले स्वीकार गर्न नसक्ने बताएको छ । उसले नेपाललाई आफ्नो भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्न पनि नेपाललाई सुझाव दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *