अमेरिका भन्दा ब्राजिलमा बढी कोरोना संक्रमित, २४ घण्टामा ६३ हजार बढी निको (तालिकासहित)

डिसी नेपाल
८ जेठ २०७७ ७:०६

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर ५० लाख ८२ हजार ६६१ जना मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ९९ हजार ७२४ जना नयाँ कारोना संक्रमित थपिएको वल्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस ब्राजिलमा संक्रमित भएका छन् । बुधबार ब्राजिलमा २१ हजार ६७२ जना मानिस संक्रमित भएका छन् । यो २४ घण्टामा संक्रमित थपिनेको संख्या कोरोनाको हब बनेको अमेरिकाको भन्दा पनि धेरै हो ।

बुधबार अमेरिकामा २१ हजार ४०८ जना मानिस संक्रमित भएका छन् ।

पछिल्ला केही दिनदेखि संक्रमितको संख्या ह्वात्तै बढेको ब्राजिलमा हालसम्म २ लाख ९३ हजा ३५७ जना संक्रमित छन् । संक्रमितमध्ये १८ हजार ८९४ जनाको ज्यान गएको छ । बुधबार मात्रै ब्राजिलमा ९११ जनाको ज्यान गएको छ ।

यस्तै, अमेकिरामा पछिल्लो २४ घण्टामा १ हजार ४६१ जना मानिसको ज्यान गएको छ । यो सँगै अमेकिरामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९४ हजार ९९४ पुगेको छ ।

हालसम्म अमेरिकामा ३ लाख ७० हजार ७६ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । यो सँगै विश्वभर २० लाख २० हजार १५७ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६३ हजार ७९६ जना संक्रमित निको भएका हुन् ।

यस्तो छ २१३ देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *