मुलपानीको गाई फार्ममा आगलागी, ५ वटा गाई जले
काठमाडौँ । काठमाडौँको एक गाई फार्ममा आगलागी हुँदा ५ वटा गाई जलेर मरेका छन् ।
काठमाडौँको कागेशवरी मनोहरा नगरपालिकाको मुलपानीमा काभ्रेका खड्क ढकालले सञ्चालन गरेको गाई फार्ममा आगलागी हुँदा ५ वटा गाई जलेर मरेका हुन् ।
फार्ममा रहेको नगद दुई लाख, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट हुँदा १४ लाख १८ हजार ५ सय बराबरको नोक्सानी भएका प्रहरीको प्ररम्भिक अनुमान छ ।
गाई फार्ममा कसरी आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment