इंग्ल्याण्डको प्रिमियर लिगका खेलाडीहरुमा कोरोनाभाइरसको संक्रमण

डिसी नेपाल
८ जेठ २०७७ १०:५६

काठमाठौं । विश्वभर बढेको कोरोनाको संक्रमणबाट खेल गतिविधिहरु पनि प्रभावित भएका छन् । यसैगरी कोरोनाबाट खेलाडीहरु संक्रमित हुने क्रम पनि बढदै गईरहेको छ ।

यसक्रममा इंग्ल्याण्डको प्रिमियर लिगका ६ जना खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । आउदो जुनमा लिग शुरु गर्ने गरी हिजोदेखि अभ्यास शुरु भएको छ ।

प्रिमियर लिग क्लबका ६ खेलाडीलाई पोजेटिभ संक्रमण देखिएको छ । ७ सय ४८ जना खेलाडी र खेल अधिकारी परिक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण गत १३ मार्चदेखि प्रिमियर लिग स्थगित छ । लिगमा यो सिजनको ९२ खेल बाँकी छ । स्थगित प्रिमियर लिग आउदो जुनको १२ तारिखदेखि फेरि शुरु गर्ने गरी तयारी भइरहेको छ । तर खेलाडीमै संक्रमण देखिएपछि सर्न सक्ने सम्भावना बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *