यि हुन विश्वकै सबैभन्दा महँगा क्रिकेट अम्पायर
![यि हुन विश्वकै सबैभन्दा महँगा क्रिकेट अम्पायर](https://www.dcnepal.com/wp-content/uploads/2020/05/aleem_dar.jpg)
काठमाडौं । क्रिकेट खेलमा खेलाडीको भूमिका जति हुन्छ त्यतिनै अम्पायरको पनि मानिन्छ। मैदानमा अम्पायरको एक गलत निर्णयले सम्पूर्ण खेलको भाग्य परिवर्तन गर्न सक्दछ। यसैले क्रिकेटमा आईसीसीले अम्पायर छनौट गर्दा ठूलो ध्यान राख्छ र सही अम्पायर छनौट गर्दछ। अब तपाईंले सोचिरहनु भएको होला कि किन आज हामी तपाईंहरुलाई खेलाडीहरुको चौका र छक्काको वर्णन गर्नुको साटो अम्पायरको बारेमा भन्दैछौ ? किनभने आजको यो विशेष कथामा हामी क्रिकेट संसारका केही अम्पायरहरू र उनीहरूको महँगो शुल्क अर्थात् तलबको बारेमा बताउन गईरहेका छौं ।
अलीम डार : पाकिस्तानका पूर्व खेलाडी अलीम डार विश्वकै सबैभन्दा ठूलो अम्पायरहरुको सूचीमा शीर्ष स्थानमा छन्। डारले विश्वकप २००३, २००७ र २०११ जस्ता धेरै महत्वपूर्ण प्रतियोगिताहरूमा अम्पायर गरिसकेका छन्। यति मात्र होइन, उनलाई २००९–२०१० मा ‘अम्पायर अफ द इयर’ को उपाधि पनि प्रदान गरिएको छ। समाचारका अनुसार डारले टेस्ट खेलमा अम्पायरिङका लागि करिब ३ लाख ३८ हजार रुपैया, टी २० को लागि करिब १ लाख १२ हजार रुपैया र एकदिवसीय अन्तर्राष्ट्रिय खेलको लागि करिब २ लाख ४८ हजार रूपैयाँ लिन्छन्। यी सबै बाहेक उनले प्रत्येक बर्ष ५० लाख ६० हजार ९ सय ८७ रुपैया वार्षिक तलब पाउँछन्।
पाल रेफेल : पूर्व अष्ट्रेलियाली खेलाडी पाल रेफेलले सन २००४ मा अम्पायरिङ सुरु गरे। रेफेलले आईसीसीबाट टी २० खेलको लागि करिब १ लाख १३ हजार, टेस्टको लागि करिब ३ लाख ३८ हजार र एकदिवसीय अन्तर्राष्ट्रियका लागि करिब २ लाख ४८ हजार रुपैया प्राप्त गर्छन भने उनको वार्षीक तलब ५० लाख ६१ हजार रुपैया रहेको छ ।
क्रिस गफाने : क्रिस गाफ्ने विश्व क्रिकेटको एक उत्कृष्ट अंपायर हुन । उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एलिट प्यानलमा समेत सामेल भएका छन्। गफानेले एकदिवसीय इन्टरनेशनलका लागि करिब २ लाख ४८ हजार रुपैया टी २० खेलको लागि करिब १ लाख १३ हजार रुपैया र टेस्ट खेलमा अम्पायरिङका लागि करिब ३ लाख ३८ हजार रुपैया पाउँछन् र हरेक वर्ष उनले करिब ५० लाख ६० रुपैयाँ तलब पनि पाउँछन्।
नाइजेल लाङ : नाइजेल लाङ विश्व क्रिकेटकै महँगो अम्पायर हुन । उनले टी २० मा अम्पायरिङका लागि करिब १ लाख १३ हजार रुपैया, एकदिवसीय इन्टरनेशनलका लागि करिब २ लाख ४८ हजार रुपैया र टेस्ट खेलको लागि करिब ३ लाख ३८ हजार रुपैया पाउछन । हरेक वर्ष तलबको रूपमा उनले करिब ५० लाख ६० रुपैयाँ पनि पाउँछन्।
कुमार धर्मसेना : श्रीलंकाका पूर्व क्रिकेटर कुमार धर्मसेना विश्वका सब भन्दा धनी अम्पायरहरुमा गनिन्छन। कुमारले टेस्ट खेलमा अम्पायरिङका लागि करिब ३ लाख ३८ हजार रुपैया, एकदिवसीय खेलको लागि करिब २ लाख ४८ हजार रुपैया र टी २० को लागि करिब १ लाख १३ हजार रुपैया पाउँछन्। हरेक वर्ष तलबको रूपमा उनले करिब ४० लाख रुपैयाँ पनि पाउँछन्।
Facebook Comment