गुल्मीका संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

डिसी नेपाल
८ जेठ २०७७ १७:५१

अर्घाखाँची । कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –१ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।

गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि क्लिनिकका स्वास्थ्यकर्मीको स्वाब जाँचका लागि पठाइएकामा आज रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले बताए। शिक्षकको भने बिहिबार निधन भएको छ ।

ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि पोलिक्लिनिकमा आएका संक्रमित पुरुष यहाँ उपचार सम्भव नभएपछि यही जेठ १ देखि रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना भएकामा थिए । बिहिबार कोरोना रिपोर्ट नेगेटिभ आएपछि जिल्लावासीमा त्रास हटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *