म्यान्चेष्टर युनाइटेडलाई करिब तीन करोड युरो घाटा
![म्यान्चेष्टर युनाइटेडलाई करिब तीन करोड युरो घाटा](https://www.dcnepal.com/wp-content/uploads/2020/05/112403588_utd_pa.jpg)
काठमाडौं । म्यान्चेष्टर युनाइटेडले कोरोनाभाइरसको सङ्क्रमणको कारण क्लबलाई करिब दुई करोड ८० लाख युरो बराबरको घाटा लागेको जनाएको छ । उसले प्रारम्भिक रुपमा दुई करोड ८० लाख यूरो घाटाको अनुमान गरिएपनि विस्तृत अध्ययनपछि उक्त घाटा प्रारम्भिकभन्दा धेरै बढी हुने अनुमान लगाएको छ ।
म्यान्चेष्टर यूनाइटेडका प्रमुख आर्थिक अधिकारी क्लिफ बैटीले प्रिमियर लिगको सिजन समाप्त भई समय परिवर्तन हुँदा यूनाइटेडले प्रसारकलाई दुई करोड यूरो तिर्नुपर्ने बताए । त्यसैगरी, मार्च अन्तिम तीन साताको तीन खेल प्रभावित हुँदा उसले पाउनुपर्ने ८० लाख युरो पाउने खेल नहुँदा पाउने छैन ।
कोरोनाभाइरस महामारीको कारण म्यान्चेष्टर युनाइटेडले पूर्वनिर्धारित आफ्नो ११ खेल खेल्न सकेन ।
प्रतिक्रिया
Facebook Comment