भिन्सी टि १० प्रिमियर लिगको पहिलो खेलमै ह्याट्रिक, ब्रेकर्स द्धारा डाइवर्स तिन विकेटले पराजित

डिसी नेपाल
१० जेठ २०७७ ११:२८

काठमाडौं । वेस्टईन्डिजमा शुक्रबार देखी भिन्सी टि १० प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । आईसीसी पूर्ण सदस्य राष्ट्रमा कोरोनाभाईरसको माहामारीको बिचमा भएको यो पहिलो क्रिकेट प्रतियोगिता हो । यद्दपि प्रतियोगिताका खेलहरुमा दर्शकहरु लाई स्टेडियममा खेलहेर्न आउन प्रतिबन्ध लागार्ईएको छ ।

भिन्सी टि १० प्रिमियर लिगमा शुक्रबार भएको पहिलो खेलमा साल्ट पान्ड ब्रेकर्सले ग्रेनाडाईन्स डाईवर्सलाई ३ विकेटले पराजित गरेको छ । डाईवर्सले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६८ रन बनाएर अलआउट भएको थियो । ब्रेकर्सका लागि वेसरिक स्ट्रगले अन्तिम ओभरमा ह्याट्रिक लिएका थिए ।

लक्ष्य पछयाउदै मैदानमा आएको ब्रेकर्स टोलिले ९.२ ओभरमै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

खेलाडीहरू फर्कने क्रममा हात धुने ठाउमा सेनिटाइजिंग भएको देखियो। उनीहरुले सामाजिक दूरी नियम पनि कायम गरेका थिए। सरसफाइका लागि कर्मचारीहरूको पनि प्रयोग गरिएको थियो। यसअघि एसोसिएट सदस्य ताइवानमा टि–१० लिग र भानुआटुमा महिला घरेलु टि–२० लिग सुरु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *