ईङल्यान्डका यि खेलाडी जसले क्रिकेट संगै फुटबलमा पनि तहल्का मच्चाएका थिए

काडमाडौं । डेनिस कोम्पटोन ईङल्यान्डका महान क्रिकेटरहरु मध्येका एक हुन । उनले सन १९७३ देखी १९५७ सम्म ईङल्यान्डका लागि ७८ टेस्ट म्याच खेलेका थिए । डेनिसको व्यक्तित्व अचम्मको थियो, आफ्नो कलाको कारण उनी दोस्रो विश्वयुद्ध पछि ईङल्यान्डको नायक बनेका थिए । उनले टेस्ट क्रिकेटमा ५०.६ को औसतले कुल ५ हजार ८ सय ७ रन बनाएका थिए । प्रथम श्रेणीको खेलमा उनको रेकर्ड झन उत्कृष्ट थियो । प्रथम श्रेणीको खेलमा उनले ४० हजार रन बनाउदै ६२२ विकेट लिएका थिए ।
5807 runs at an average of 50.06 and 25 wickets in Tests for England ?
16 goals for Arsenal ⚽Denis Compton, one of England's first superstars, was born #OnThisDay 101 years ago! pic.twitter.com/hIQKalzsWI
— ICC (@ICC) May 23, 2019
घरेलु मैदानमा टेस्ट क्रिकेटमा १३ सतक प्रहार गरेका डेनिसको टेस्टमा कुल १७ सतक रहेको छ । उनको सर्वाधिक स्कोर २७८ रन हो, जुन डेनिसले सन १९५४ मा ट्रेन्ट ब्रिज मैदानमा बनाएका थिए । यो संगै उनले कुल २८ अर्धसतक पनि बनाएका थिए । क्रिकेट बाहेक उनले विज्ञापनको लागि मोडलिङ पनि गरे र यसलाई थप आम्दानीको स्रोत बनाए। एक कम्पनीको हेयर जेल विज्ञापन गर्ने क्रममा उनी यति धेरै चर्चित भए कि उनी त्यो ब्रान्डको पर्यायवाचीनै भएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा आउनुभन्दा अघिनै अर्को स्टार उनको सफलतामा थपिएको थियो । किनकि उनी एक सक्षम फुटबलर पनि थिए, उनले सन १९३४–३५ का बिच ननहेड क्लबबाट आफ्नो फुटबल क्यारियर शुरू गरेका थिए। पछि उनी फुटबल क्लब आर्सनलमा मिडफिल्डर का रुपमा सामेल भए। उनले आफ्नो प्रदर्शनका कारण सन १९८४ मा आर्सनललाई लिगको च्याम्पियन बनाए र टोलीले सन १९५० मा एफए कप पनि जित्यो। यस सफलताको साथ उनी सन १९९७ अप्रिल २३ मा यो संसारबाट बिदा भए ।
Facebook Comment