किम जोंग उनले उत्तर कोरियामाथि राज गर्ने आफ्नो सबैभन्दा बलियो ‘हतियार’ किन त्यागे ?

डिसी नेपाल
११ जेठ २०७७ ९:५५

काठमाडौं। उत्तर कोरियाका आम जनताहरु किम जोंग उनसँग सम्बन्धित जुन कुराहरुमा वर्षैंदेखि विश्वास र दावी गर्दै आइरहेका थिए अब उनीहरुको देशले नै ती दावी र भ्रमहरुलाई हटाउने फैला गरेको छ । उत्तरु कोरियाको अधिकारिक अखबारले स्वीकार गरेको छ कि किम जोंग उन ‘अन्तरिक्ष’ र ‘समय’लाई परिवर्तन गर्न सक्दैनन् । यसअघि दशकौंदेखि उत्तर कोरियाका जनताले किम परिवारसँग ‘अलौकिक शक्ति’ भएको दावी गरिँदै आएको थियो ।

जानकारहरुका अनुसार उत्तरु कोरियाको रोडोङ सिमन अखबारमा छापिएको रिपोर्ट यो कुरातर्फ इशारा गरिरहेको छ कि उत्तर कोरिया आफ्ना शासक र उनीसँग जोडिएका मिथकहरुबाट बाहिर आउने कोसिस गरिरहेको छ र अब आफ्ना नेतालाई अधिक मानवीय रुपमा देखाउन चाहन्छ । उत्तर कोरियाली अखबारले आफ्नो पछिल्लो अंकमा लेखेको छ –‘वास्तविक रुपमा एक व्यक्ति आकाशलाई मोडेर अचानक गायब वा अवतरित हुन सक्दैन ।’

उत्तर कोरियामा ‘चुक्जिबियोप’ नामको एक मिथक प्रचलित छ जसमा किम परिवारका व्यक्तिहरु निकै कम समयमा अन्तरिक्षमा धेरै लामो दूरी तय गर्न सक्छन् भन्ने दावी गरिन्छ । कोरियाली भाषामा चुक्जिबियोप शब्दको अर्थ ‘दूरी कम गर्ने जादू’ हुन्छ । योनहाप न्यूज एजेन्सीका अनुसार दक्षिण कोरियाको एकीकरण मन्त्रालयका एक अधिकारीले भनेका छन् कि किमको शासनमा मिथकको अण्डन गर्ने यो ट्रेण्ड ध्यान दिन योग्य छ ।

अधिकारीका अनुसार पछिल्लो समय यस्तो देखिन्छ कि उनीहरु राष्ट्रभक्ति र जनताप्रति प्रेमलाई अधिक जोड दिन चाहन्छन् न कि नेताहरुसँग जोडिएका मिथकहरुप्रति । गत वर्ष हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै सम्झौतामा पुग्न नसकेपछि उनलाई अधिक मानवीय नेताको रुपमा प्रस्तुत गर्ने कोसिस भइरहेको छ । किम जोंग उनले स्वयं यसबारे मिडियामा चर्चा गरेका थिए । उत्तर कोरियाली मिडियाका अनुसार गत वर्षको मार्चमा किमले नेताको क्रान्तिकारी गतिविधिलाई रहस्यपूर्ण तरिकाले पेश गर्नु सत्य लुकाउनु जस्तै भएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *