टोखामा दुई मोटरसाइकल आपसमा ठोक्किए, दुवै चालकको मृत्यु (दुर्घटनाको भिडियोसहित)

डिसी नेपाल
११ जेठ २०७७ ११:०३

काठमाडौं। काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको प्रहरीले जनाएको छ । यी दुवैले मोटरसाइकल चलाएका थिए र तिनै दुई मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

बा ८५ प ५६६ र बा ९१ प ११८८ नम्बरका मोटरसाइकल ठोक्किएर दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन घाइते भएको र उनीहरुमध्ये सामान्यको यहाँस्थित ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेकाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *