हलचोक प्रहरी बिटका इन्चार्जले आफैंलाई गोली हाने

डिसी नेपाल
११ जेठ २०७७ ११:२७

काठमाडौं। महानगरीय प्रहरी वृत्त स्वयम्भूमा एक जना असईले गोली हानेर आत्महत्या गरेका छन् । आइतबार बिहान ड्युटीमा रहेका असई विष्णुप्रसाद कार्कीले दाहिने कञ्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार असईले आत्महत्या गरेको कारण पत्ता लागेको छैन । राति १२ बजे ड्युटी सकेर सुतेका उनी बिहान साढे ६ बजे टाउकोमा गोली लागेको अवस्थामा मृत भेटिएका थिए । शवसँगै उनको पेस्तोल पनि थियो । कार्की गत वर्षको वैशाख देखि हल्चोकको इन्चार्जका रुपमा कार्यरत थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *