भारतले सिक्किमलाई छुट्टै देश भनेपछि…

डिसी नेपाल
११ जेठ २०७७ १३:४२

काठमाडौं। भारतको दिल्ली सरकारले भारतको एक प्रान्त सिक्किमलाई छुट्टै देश भनेपछि हंगामा भएको छ । दिल्ली सरकारले केही स्वयंसेवक माग गर्दै अखबारमा छापेको एक विज्ञापनमा सिक्किमलाई छुट्टै देशको रुपमा उल्लेख गरिएको हो । दिल्ली सरकारलाई आवश्यक स्वयंसेवक भर्ना सम्बन्धित सूचना शनिबार त्यहाँका अखबारहरुमा छापिएको थियो ।

विज्ञापनमा स्वयंसेवक हुन आवश्यक योग्यतामा भारतीयसँगै नेपाल, भुटान र सिक्किमका नागरिकले आवेदन दिन सक्ने उल्लेख गरिएको छ । विज्ञापन आह्वान गरेका सिभिल डिफेन्स विभागका एक अधिकारीलाई कारबाही गरिएको छ।

कुनैबेला सिक्किम एउटा छुट्टै देश थियो। सन् १९७५ मा सिक्किम भारतमा मिसिएको हो। अहिले सिक्किम भारतको एउटा प्रान्त बनेको छ। शनिबार सिक्किम सरकारले उक्त विज्ञापन हटाउन भन्दै दिल्लीलाई पत्र लेखेको थियो।

विज्ञापनले सिक्किमका जनताको चित्त दुखेको भन्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले दिल्ली सरकारलाई तत्काल हटाउन आग्रह गरेका थिए। ‘सिक्किम भारतको अभिन्न अंग हो। यस्तो त्रुटी सहन सकिँदैन। विज्ञापन फिर्ता लिइएको छ र सम्बन्धित अधिकारीलाई कारबही गरिइसकेको छ,’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *