‘लकडाउन फेल भयो, यसले मानिसलाई बचाएन, बरु मार्‍यो’ – नोबेल पुरस्कार विजेता वैज्ञानिक

डिसी नेपाल
११ जेठ २०७७ १६:३८

काठमाडौं। नोबेल पुरस्कार विजेता वैज्ञानिक माइकल लेविटले लकडाउन मानिसहरुलाई बचाउन असफल भएको बरु लकडाउनका कारण मानिसहरुको मृत्यु भएको बताएका छन् । बेलायती अखबार टेलिग्राफको रिपोर्टअनुसार स्टेनफोर्ड युनिभर्सिटीका प्रोफेसर लेविटले भने ‘मानिसहरुलाई घरमा राख्ने निर्णय त्रासका कारण लिइयो विज्ञानका कारण होइन ।’ माइकल लेविट कोरोना महामारी फैलिने विषयमा सुरुवाती अनुमानमा सही साबित भएका थिए ।

अहिले विश्वभर लकडाउन लागू गर्ने र नगर्ने विषयमा राय बाँडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लकडाउनको विरोध गरिरहेका छन् । स्पेसएक्सका सीइओ एलन मस्कले पनि लकडाउनको आलोचना गरेका थिए र यसलाई तार्किक नभएको बताएका थिए । पछिल्लो समय अमेरिकी संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउसीले पनि लामो समयसम्म लकडाउन जारी राख्दा हुने नोक्सानीको भरपाइ गर्न नसकिने बताउका छन् ।

बेलायतमा गरिएको लकडाउनका विषयमा प्रोफेसर लेविटले भनेका छन् कि इम्पेरियल कलेजका एक प्रोफेसरको मोडलिङको आधारमा रकारले तथाकथित हर्ड इम्युनिटी नीतिलाई रद्द गरिदियो र त्रास फैलिने डरले लकडाउन गरिदियो । उनका अनुसार विश्वव्यापी स्तरमा विश्वभरका नेताहरुबीच त्रासको भाइरस फैलियो । प्रोफेसर लेविटले भने ‘इम्पेरियल कलेजका प्रोफेरि नील फर्गुसनको डाटाको आधारमा लकडाउन गरियो । प्रोफेसर नीलले मृत्युको १० देखि १२ गुणा बढी अनुमान लगाएका थिए ।’ लकडाउनको क्रममा प्रोफेसर फर्गुसनले आफैं लकडाउन तोडेपछि प्रश्न उठ्यो र उनले बेलायती प्रधानमन्त्रीको सल्लाहकारको पदबाट राजीनामा दिए ।

वित्तिय सेवा उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था जेपी मोर्गनको रिपोर्टमा पनि भनिएको छ कि लकडाउन महामारी कम गर्न फेल भयो र यसका कारण लाखौं मानिसहरुको रोजगारी समाप्त भयो । मोर्गनको रिपोर्टमा पनि भनिएको छ कि रकारले दोषपूर्ण वैज्ञानिक कागजातको आधारमा लकडाउन लागू गर्यो जो बेकार रह्यो वा ढिलो लागू गरिएको थियो । डेनमार्कमा स्कुल र शपिङ मल फेरि खोल्दा पनि आर रेट ९संक्रमण दर० कम हुँदै गयो । जर्मनीमा पनि लकडाउन खुकुलो पारेपछि पनि आर रेट १ भन्दा कम रह्यो ।

प्रोफेसर लेविटले ब्रिटिश टेलिग्राफसँग भने ‘मलाई लाग्छ लकडाउनले कुनै जिन्दगी बचेन । मलाई लाग्छ यसबाट मृत्यु भए । यसबाट केही सडक दुर्घटना पक्कै कम भए होलान् वा यस्तै केही भयो होला । तर, सामाजिक नोक्सानी जस्तो कि घरेलु हिंसा, सम्बन्धविच्छेद, मदिराको दुरुपयोग धेरै भए । अनि ती मानिसहरु जलाई अन्य रोग थियो उनीहरुको उपचार हुन सकेन ।

प्रोफेसर लेविटले २०१३ मा रसायनशास्त्रको नोबेल पुरस्कार जितेका थिए । उनले भने कि कोरोनाको विषयमा धेरैजसो विशेषज्ञको अनुमान गलत साबित हुँदै आएको छ । उनले सरकारसँग मानिसहरुलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्दै काम गर्न जारी राख्न अपिल गर्न आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *