पाल्पाका पत्रकारको कोरोना बीमा

डिसी नेपाल
११ जेठ २०७७ १९:०८

पाल्पा । नेपाल पत्रकार महासघ पाल्पाले ८५ पत्रकारको कोरोना बीमा गरेको छ । कोरोना सङ्क्रमण बढिरहेका बेला जोखिम मोलेर पत्रकारिता गरिरहेका महासङ्घका सदस्यलाई तानसेन नगरपालिकाको सहयोगमा रु एक लाख राशिको कोरोना बीमा गरिएको पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बताए ।

प्रतिव्यक्ति रु ६०० मा सगरमाथा इन्स्युरेन्स कम्पनीसँग पत्रकार महासङ्घ पाल्पाले ८५ पत्रकारको बीमा गरेको हो । दुई पटकसम्मको रिपोर्टमा कोभिड– १९ पोजेटिभ देखिएको अवस्थामा पत्रकारले रु एक लाख पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *