कोरोनाको लागि नेपाललाई ३० अर्बको ऋण स्वीकृत

डिसी नेपाल
१३ जेठ २०७७ २०:०७

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको लागि २५ करोड अमेरिकी डलर अर्थात् झण्डै ३० अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । बैंकले तत्काल कोरोना भाइरस महामारी नियन्त्रणका लागि सो रकम सहुलियत कर्जा स्वीकृत गरेको जानकारी दिएको छ ।

यो रकम नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीको क्षमता विस्तारका साथै आर्थिक तथा सामाजिक क्षेत्रमा परेको प्रभावलाई न्युनिकरण गर्न खर्च गरिने एडीबीले जनाएको छ ।

एडीबीले विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि २० अर्ब डलरको अपतकालिन राहत कोष घोषणा गरेको छ । सो मध्येबाट नेपालले २५ करोड डलर पाएको हो । एडीबीले औषधि आपूर्ति गर्न ३ लाख डलर अर्थात ३ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *