दैलेखमा एक हजार पिसिआर किट आयो

डिसी नेपाल
१३ जेठ २०७७ २०:१८

दुल्लू । सोमबार परीक्षणका क्रममा सकिएको पिसिआर किट आज दैलेख जिल्लामा आएको छ । किट सकिएर परीक्षण रोकिएको भए पनि मंगलबार बिहान एक हजार थान पिसिआर किट आउँदा कोरोना परीक्षण पुनः दिउँसो १ बजेदेखि सञ्चालन गरिएको छ ।

सरकारले एक हजार थान किट पठाएपछि परीक्षणलाई निरन्तरता दिएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले जानकारी दिए । पछिल्लो समयमा सङ्क्रमितको सङ्ख्या बढेर गएको र दिनहुँ भारतबाट उद्धार गरी ल्याइएका व्यक्तिहरू जिल्लामा भित्रिएका बेला किट आउँदा अब केही राहत महसुस भएको पनि उनको भनाइ थियो ।

गत चैत ११ देखि जेठ १२ गतेसम्म ६ हजार व्यक्ति भारतबाट दैलेख जिल्लामा फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका ११ वटै स्थानीय तहका नागरिक ज्याला मजदूरीका लागि भारत गएकाले जिल्लामा ७० हजार भित्रिने अनुमान गरिएको प्रजिअ युवराज कट्टेलले जानकारी दिए। आएको किटले केही दिन परीक्षण गर्न सकिने र बाँकी व्यक्तिलाई स्थानीय सरकारले किट खरिद गरी स्वास्थ्य परीक्षण गर्नमा सहयोग गर्नुपर्ने डाक्टर पन्तले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *