क्वारेन्टिनमा मृत्यु भएकी महिलाको शव व्यवस्थापन
झिमरुक । क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका –ं ६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ । महिलासँगै बसेका परिवारका पाँच सदस्य आरडिटी रिपोर्ट नेगेटिभ आएको र मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेका कारण सुरक्षा सतर्कताका साथ परिवारको सहमतिमा शव जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराकी उनलाई चिकित्सकले निको नहुने बताएपछि स्वदेश फर्किएर यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेकी थिइन् ।
प्रतिक्रिया
Facebook Comment