बलिउडका यी ५ हिट चलचित्र, जसमा हिरोको भन्दा भिलेनको चर्चा बढी छ
बलिउडमा हिरोको भन्दा भिलेनको बढी चर्चा हुने यी ५ चलचित्र
1, डर – १९९३ मा रिलिज भएको यो चलचित्रलाई यस चोपडाले निर्देशिन गरेका हुन् । चलचित्रमा एक साइको आशिकको प्रेम कथा देखाइएको थियो । जसमा अभिनेत्रीको विवाह अर्को व्यक्तिसँग भए पनि ऊ भिलेनका रूपमा सबै फलो गथ्र्यो । यस चलचित्रमा भिलेन शाहरुख थिए भने हिरोको भूमिकामा सन्नी देवल देखिएका थिए ।
2, अग्निपथ – कराण मल्होत्राको यो चलचित्र २०१२ मा रिलिज भएको थियो । यसमा अभिनेता सञ्जय दत्तले भिलेनको भूमिका थिए । चलचित्रमा हिरो ऋतिक रोशन थिए । चलचित्रको अत्यमा हिरोको मृत्यु हुन्छ । यो चलचित्रमा भिलेनको भूमिका निकै प्रभावशाली थियो ।
3, पद्मावत – गत २५ जनवरीबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रमा साहिद कपुरले रतन सिंह रावलको भूमिका निर्वाह गरेका छन् । उनी चलचित्रमा राम्रो राजपुत र जनताको भलो गर्ने राजा बनेका छन् । यसमा अभिनेता रणवीर सिंहले भिलेन अलाउद्दिन खिलजीको भूमिका निर्वाह गरेका छन् । जसलाई दर्शकले मन पराइरहेका छन् ।
4, सङ्घर्ष – १९९९ मा आएको चलचित्र सङ्घर्ष’मा आसुतोष राणा नेगेटिभ भूमिकामा देखिएका थिए । चलचित्रका उनको डरलाग्दो भूमिका थियो । जुन भूमिकामा दर्शकसमेत डराउँथे । चलचित्रको प्रदर्शनदेखि अहिलेसम्म पनि उक्त भूमिकाको चर्चा हुने गरेको छ । फिल्मलाई निर्देशक तनुजा चन्द्रले निर्देशन गरेका थिए ।
5, करण अर्जुन – १९९५ मा रिलिज भएको यो चलचित्र पुनर्जन्ममा आधारित यो चलचित्रमा अमरिस पुरी भिलेनको भूमिकामा थिए । करण अर्जुनको भूमिकामा भने सलमान र शाहरुख खान रहेका थिए । चलचित्रमा परीले एक पटक करण अर्जन दुवैलाई बेरेको समेत देखाइएको छ । अत्यमा दुवै हिरोको जित हुने यो चलचित्रमा अमरिसले निर्वाह गरेको भूमिका दर्शकको रोजाइमा परेको थियो । यो चलचित्रलाई राकेश रोशनले निर्देशन गरेका हुन् ।
Facebook Comment