लकडाउनको कारण आमालाई अन्तिम पटक पनि भेट्न गएनन् नेदरल्याण्डका प्रधानमन्त्री
काठमाडौं । नेदरल्याण्डका प्रधानमन्त्रीले लकडाउन उल्लंघन हुने भन्दै आफ्नी आमालाई अन्तिम पटक पनि भेट्न नगएको समाचार बाहिर आएको छ। नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटकी आमाले आफ्नो अन्तिम क्षणमा छोरालाई भेट्ने चाहना राखेर सन्देश पठाइन् । तर लकडाउनका कारण मार्कले आमालाई भेट्न नपाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
उनको कार्यालयले दिएको जानकारीअनुसार स्याहार केन्द्रमा जान नपाउने नियमको पालना गर्दै उनी आफ्नी आमाको अन्तिम समयमा पनि घरमा नै बसेका हुन् । सोमबार नेदरल्याण्डका प्रधानमन्त्रीले आफ्नी आमाको मे १३ मा ९६ वर्षको उमेरमा निधन भएको घोषणा गरेका थिए ।
उनको अन्त्येष्टिमा पनि थोरै मानिस मात्र भेला भएका थिए । उनको मृत्यु कोरोना भाइरसको महामारीको बीचमा भएको भए पनि उनलाई भने यो भाइरसको संक्रमण भने भएको थिएन । प्रधानमन्त्रीका प्रवक्ताले दिएको जानकारी अनुसार रुटले मृत्यु हुनुभन्दा पहिला आफ्नी आमालाई भेटेका थिएनन् ।
Facebook Comment