बागलुङका ६ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१४ जेठ २०७७ १२:०२

काठमाडौँ । केही दिन अघि मात्रै भारतबाट नेपाल आएका ६ जनामा कोरोना संक्रम (कोभिड १९) पुष्टि भएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पोखरामा गरिएको पिसीआर परीक्षणमा बागलुङका ६ जनाना कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

भारतबाट आएर बागलुङको बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा बसेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण देखिएको हो।

बागलुङमा पछिल्लो सयम करिब ४ सय जना मानिस भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।

मन्त्रालयका अनुसार, संक्रमित देखिएका ६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्य कर्मीकै निगरानीमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *