युद्धको तयारी गर्न चिनियाँ राष्ट्रपतिको निर्देशन, भारतसँग सीमा जोडिएका ठाउँमा सैनिक बढाइयो

डिसी नेपाल
१४ जेठ २०७७ १३:२२

बेइजिङ। चीनका राष्ट्रपति सी जिनपिङ सेनालाई तालिम र युद्धको तयारी तीव्र पार्न निर्देशन दिएका छन्। उनले सबैभन्दा अप्ठेरो परिस्थितिलाई ध्यानमा राखेर तयारी गर्न र मुलुकको सार्वभौमसत्ताका लागि बलियो तरिकाले खट्न निर्देशन दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

चीनको सरकारी न्युज एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले मंगलबार पिपुल्स लिबरेशन आर्मी तथा पिपुल्स आम्र्ड पुसिल फोर्सको डेलिगेशनको प्लेनरी मिटिङमा यस्तो बताएका हुन्। उनले कुनै पनि खतराका विषयमा उल्लेख गरेनन्, तर चीन र भारतबीचको सिमानामा भारत र चीनका जवानबीच तनाव जारी गरेको बेला उनको यस्तो भनाइ आएको हो।

राष्ट्रपतिसीले सुरक्षाका लागि वैज्ञानिक उपायमा जोड दिएका छन्। रक्षा खर्चका विषयमा राष्ट्रपति सीले एक एक पाईको प्रयोग यसरी गर्नुपर्छ ताकि धेरै भन्दा धेरै नतिजा आउन सकोस भन्नेमा जोड दिन उनले आग्रह गरेका थिए। यसअघि २२ मेमा चीनले आफ्नो रक्षा बजेट ६.६ प्रतिशत बढाएर १७९ अरब डलर बनाएको थियो। यो भारतको रक्षा बजेटको तीन गुणा धेरै हो।

रक्षा बजेट बढाएको विषयमा चीनका रक्षा प्रवक्ता वु क्वानले चीन यतिबेला नयाँ खतरा र चुनौतीसँग जुधिरहेको बताएका थिए। त्यो बेला उनले ताइवानको नामै लिएर चीनको भाग भएको बताएका थिए।

चीनले विगत केही दिनमा लद्दाख र उत्तरी सिक्किममा नियन्त्रण रेखा (एलएसी) नजिक सैनिकको संख्या बढाएको छ। केही समय अगाडि भारतीय र चीनका जवानबीच धक्का मुक्का भएको समाचार पनि सार्वजनिक भएका थिए। यही महिनामा मात्रै तीन पटक दुवै देशका सैनिकबीच झडप भइसकेको छ।

यसैबीच भारतीय सीमामा चीनले सैन्य शक्ति बढाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार उच्चस्तरीय बैठक बोलाएका थिए। बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, सीडीएम बिपिन राउत तथा तीनवटै सेनाका प्रमुख सहभागी थिए।

यसअघि लद्दाख तनावका विषयमा रक्षाले सीडीएस तथा तीनवटै सेनाका प्रमुखसँग करिव १ घण्टा वार्ता गरेका थिए।  यी दुवै बैठकमा मोदी र राजनाथलाई सिमानामा चीनको गतिविधिका विषयमा सेना प्रमुहरुले ब्रिफिङ गरेका थिए। उक्त बैठकले सिमानमा चीनकै जति भारतीय सेना तैथान गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *