घर ढलान गर्ने क्रममा चट्याङ लागेर मृत्यु

डिसी नेपाल
१४ जेठ २०७७ १७:१७

सिन्धुली । सिन्धलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका–४ देउराली बस्ने ४२ वर्षीय बासु सापकोटाको चट्याङ लागेर बुधबार बिहान मृत्यु भएको हो ।

घर ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङ लाग्दा ढलान गर्दै गरेको ठाउँबाट जमिनमा खसेर गम्भीर घाइते भएका सापकोटाको तत्काल उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *