पाल्पाकाे लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने
पाल्पा । सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शय्याको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताए ।
कोरोना भाइरस सङ्क्रमितको हेरचाह र उपचार गर्न मेडिकल कलेजका तीन भवनलाई कोभिड केयर सेण्टर बनाउने कामसमेत शु्रू भएको छ । पाल्पा सिसिएमसी र लुम्बिनी मेडिकल कलेजको संयुक्त बैठकले सय शय्या क्षमताको कोभिड आइसोलेशन सेण्टर बनाउने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालय र जिल्लास्थित सिसिएमसीको सहयोगमा कोभिड सेण्टर सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रतिक्रिया
Facebook Comment