कोरोनाभाइरसले छोराको मृत्यु भएपछि रातभर रुँदै बसे परिवार, बिहान छोरा जिउँदै !

डिसी नेपाल
१५ जेठ २०७७ १५:२५

काठमाडौं। कोरोनाभाइरसका कारण छोराको मृत्यु भएको खबर पाएपछि परिवार शोकमग्न भयो । बेलुकीपख खबर आएको थियो । रातभर परिवार रुँदै बसे । बिहान जब उनीहरु छोराको शव हेरे त्यसपछि बल्ल थाहा भयो उनीहरुका छोराको त मृत्यु भएकै थिएन । स्वास्थ्य विभाग र सुरक्षाकर्मीको लापरवाहीका कारण यस्तो घटना भएको पाइएको छ । घटना उत्तर प्रदेशको संत कबीर नगर जिल्लाको भएको इण्डिया टुडेले लेखेको छ ।

घटना विवरणअनुसार एक पितालाई पुलिसले फोन गरेर उनका छोराको कोरोनाभाइरसका कारण मृत्यु भएको जानकारी दिएको थियो । सूचना पनि परिवार शव लिन गए । केही बेरमै शव सील प्याक गरेर परिवारलाई दिइयो । रातभर परिवार र गाउँलेहरु शोकमग्न रहे । बिहान पिता आफ्ना अर्का छोराको साथमा घाटमा गए । शव जलाउनुभन्दा पहिले पिताले मृतकको अनुहार हेरे त्यसपछि भने पिता र पुलिसको होस उड्यो ।

मृतक ती पिताका छोरा थिएनन् । त्यो शव अर्कै बिरामीको थियो । कोरोना संक्रमितको शव भएको कारणले शवको अन्तिम संस्कारको लागि त्यही किसिमको सुरक्षा उपायसहित व्यवस्था गरिएको थियो । शवलाई अग्नी दिने बेला पितालाई मृतकको शरीर देखेपछि केही शंका भयो । उनले शवको अनुहार हेरेपछि भने मृतक उनका छोरा नभएको पुष्टि भयो । शव अर्कै युवकको थियो जो केही समय पहिले मात्र मुम्बइबाट फर्केका थिए र उनी संक्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो । दुवै युवकको एउटै अस्पतालमा उपचार भइरहेको थियो र दुईको बेड नजिकै थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *