कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत व्याजदरमा ऋण

डिसी नेपाल
१५ जेठ २०७७ १६:५४

काठमाडौं । सरकारले कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋणको ब्यवस्था मिलाएको जानकारी दिए ।

व्यवसायीहरुलाई राष्ट्र बैंकले १ खर्ब रुपैयाँको पुनकर्जा कोषमामार्फत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको अर्थमन्त्रीले जानकारी दिए ।

उद्योगीले ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने माग गर्दै आएका थिए । यसैगरी घरेलु, कोरोना प्रभावित श्रमिकको कर्जा भुक्तानीका लागि ५० अर्वको कोष स्थापना गरेको छ ।

यसैगरी कोरोना प्रभावित संचार व्यवसायलाई इजाजतपत्र नविकरण छुटका साथै चालु पँुँजीका लागि कर्जा सूविधा प्रदान गरिने खतिवडाले बताए । यस्तै वायु सेवा कम्पनीको पार्किङ, दस्तुर र पूर्वाधार करमा छुट दिने बजेटमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री खतिडाले कोरोनाबाट नेपाली अर्थतन्त्र प्रभावित भएपनि यसबाट हामी छिट्टै उठ्ने र त्यसैका लागि बजेटको प्राथमिकता रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *