भारतीय बंगुर र बँदेलमा चीनले प्रतिबन्ध लगायो

डिसी नेपाल
१६ जेठ २०७७ १३:१७

काठमाडौं। चीनले भारतबाट आयात हुने ‘पोर्क’मा प्रतिबन्ध लगाएको छ । अफ्रिकी स्वाइन ज्वरो (एएसएफ) फैलाउन नदिन भारतबाट सुँगुर र जंगली बँदेलको आयातमा प्रतिबन्ध लगाएको चिनियाँ भन्सार तथा कृषि मन्त्रालयले घोषणा गरेको छ ।

एक सरकारी मिडिया रिपोर्ट अनुसार, चीनको भन्सार प्रशासनको सामान्य प्रशासन र कृषि र ग्रामीण मामिला मन्त्रालयले असाममा घरेलु सुंगुर र जंगली बँदेलमा एएसएफ देखिएपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । रोयटर्सकाअनुसार गत बर्ष घातक रोगले ठूलो संख्यामा सँगुरहरु मरेका थिए ।

डिसेम्बरमा, एएसएफको नियन्त्रणका लागि चीनले सीमामा निगरानी गरेको थियो । राष्ट्रिय ट्याब्लोइड ग्लोबल टाइम्सको एक रिपोर्टले चीनले भारतबाट सुँगुर आयातमा प्रतिबन्ध लगाउने निर्णयबारे सीमामा चीन–भारतबीचको तनावलाई जोडिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *