बलात्कारको आरोपमा तीन पक्राउ

डिसी नेपाल
१६ जेठ २०७७ १६:०८

तानसेन । पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *