नेपालको सीमावर्ती भारतीय राज्यहरुमा हजारौं चमेराहरु खस्दै मर्दै, नयाँ भाइरसको त्रास फैलियो

डिसी नेपाल
१७ जेठ २०७७ १६:२२

काठमाडौं। नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमा हजारौंको संख्यामा चमेराहरु धमाधम खस्दै, तड्पिँदै मर्दै गर्न थालेपछि त्यस क्षेत्रमा नयाँ भाइरसको आशंकामा स्थानीय त्रसित बनेका छन् । पछिल्लो समय मध्य प्रदेशको सिंगरौली जिल्लामा एउटा आँपको बगैंचामा हजारौंको संख्यामा चमेराहरु अचानक मरेका छन् । पशु र वन विभागको टोलीले घरनास्थलबाट नमूना संकलन गरी जाँचको लागि भोपाल पठाएको फ्रि प्रेस जर्ललले समाचार लेखेको छ

यसअघि यस्तै किसिमका घटनाहरु अन्य क्षेत्रमा पनि भएका थिए । झण्डै एक साताअघि बिहारको भोजपुर जिल्लाको आरामा पनि २ सयभन्दा धेरै चमेराहरु एकैपटक मरेका थिए । यी चमेराहरु मरेको गत मंगलबार अधिकारीहरुले पुष्टि गरेको र स्वाब परीक्षणका लागि प्रयोगशाला पठाएको हिन्दूस्तान टाइम्सले लेखेको थियो । त्यसको भोलिपल्टै गोरखपुर नजिकै बेलघाटमा पनि आँपको बगैंजामा सयौंको संख्यामा चमेराहरु मृत भेटिएको हिन्दूस्तान टाइम्सले नै समाचार प्रकाशित गरेको थियो ।

पछिल्लो पटक सिंगरौलीमा हजारौंको संख्यामा चमेराहरु मरेको भेटिएका हुन् । कैयौं चमेराहरु जमिनमा तड्पिरहेका थिए । घटनास्थलमा रहेका स्थानीयले आँखैअगाडि चमेराहरु खसिरहेको देखेको बताएका छन् । कोरोनाभाइरसको त्रासका बीच यसरी ठूलो संख्यामा चमेराहरु धमाधम मरेपछि अर्को भाइरसको त्रास फैलिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *