एकै दिन १० हजार थपिए क्वारेन्टाइनमा बस्नेहरु
काडमाडौं । गत २४ घण्टामा क्वारैन्टाइमा बस्नेहरुको संख्या करिव १० हजार थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले करिव १० हजार क्वारेन्टाइनमा थपिएको जानकारी दिए।
देवकोटाका अनुसार शुक्रबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ९९ हजारबढी रहेको थियो । शनिबारको जानकारी अनुसार १ लाख १० हजारबढी क्वारेन्टाइमा रहेका छन्।
प्रतिक्रिया
Facebook Comment