माइकल जोर्डनले भने : जातिय भेदभावको बिरूद्ध आवाज उँठाऔ

काठमाडौं । संयुक्त राज्य अमेरिकाको मिनियापोलिसमा जर्ज फ्लोडको मृत्युको बारेमा खेलाडीहरूले पनि खुलेर विरोध गरिरहेका छन। टेनिस स्टार कोको गफ पछि, अमेरिकी पूर्व बास्केटबल प्लेयर माइकल जोर्डनले पनि ट्वीट गरेर घटनाको बिरूद्ध घोर बिरोध गरेका छन। जर्मन फुटबल क्लब बोरुसिया डार्टमन्डका दुई खेलाडीहरुले विरोधको लागि ‘जस्टिसका लागि लेखिएको टीशर्ट’ लगाएर खेल खेल्न मैदानमा ओर्लेका थिए ।
जोर्डनले संयुक्त राज्यमा पुलिसको हातबाट मृत्यु भएका फ्लोडको बारेमा भने, “मेरो समावेदना फ्लोडको परिवारलगायत अनगिन्ती व्यक्तिहरुलाई छ, जसले जातीय तोडफोड र अन्यायको कारण आफ्नो ज्यान गुमाए। अब हामी सँगै भेला हुनु पर्छ र जातिवादको बिरूद्ध आवाज उठाउनु पर्छ।”
Statement from Michael Jordan: pic.twitter.com/lWkZOf1Tmr
— Jordan (@Jumpman23) May 31, 2020
जोर्डन बाहेक लस एन्जलस लेकर्सका बास्केटबल खेलाडी लेब्रन जेम्स, बोस्टन सेल्टिक्सका जेलेन ब्राउन, ड्रेटियट पिस्टनका कोच ड्वेन कासीले उक्त घटनाको विरोध गरेका छन । जेम्सले ट्वीट गर्दै भने, “अमेरिकाले हामीलाई किन माया गर्दैन ?” ब्राउन, सेल्टिकका तारा, बोस्टनबाट अटलान्टामा बिरोधमा लागि आएका थिए।
Why Doesn’t America Love US!!!!!????TOO. ????♂️??♂️ #HeadHighandStayStrong???? #WeAllWeGot✊??
— LeBron James (@KingJames) May 31, 2020
Media showing this???? I bet you they’re not. ??♂️! You know why, cause this is unity, peaceful, beautiful and love! https://t.co/QkgH2SFmON
— LeBron James (@KingJames) June 1, 2020
यसअघि टेनिस स्टार गफले फ्लाइडको मृत्यु पछि भिडियो सार्वजनिक सोधिन, अर्को नम्बर मेरो त होईन ?
#blacklivesmatter pic.twitter.com/WEZEmtHH8k
— Coco Gauff (@CocoGauff) May 29, 2020
जर्मन फुटबल क्लब बोरुसिया डार्टमन्डका दुई खेलाडी जादोन सान्चो र आचारफ हाकिमीले पनि फ्लोयडको हत्याको बारेमा अनौंठो प्रदर्शन गरे। दुवैले आइतबार बुन्डेस्लिगामा पेडर्बोर्न बिरूद्धको खेल खेल्ने क्रममा ुजस्टिस फर फ्लोयडु लेखिएको टिर्सट लगाएका थिए। यसअघि बोरुसियाका खेलाडी मार्कस थर्मले फ्लोयडको सम्मानमा युनियन बर्लिनको बिरूद्ध गोल गरेपछि घुँडा टेकेका थिए ।
Facebook Comment