भारतका रक्षा सचिव कोरोना संक्रमित भएपछि साउथ ब्लकमा खैलाबैला

डिसी नेपाल
२२ जेठ २०७७ १०:०९

नयाँ दिल्ली । भारतीय रक्षा सचिव कोरोना संक्रमित भएको पुष्टि भएसँगै भारतको रक्षा मन्त्रालयमा खैलाबैला मच्चिएको छ । रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक पासको उद्घाटन गरेसँगै नेपालसँग चर्किएको सीमा विवाद र चीनसँग भारतीय सेनाको संघर्ष बढिरहेका बेला भारतीय सेनाको सर्वोच्च प्रशासनिक निकायमा कार्यालयको काम नै प्रभावित हुन पुगेको हो ।

रक्षा सचिव अजय कुमार संक्रमित भएको पुष्टि भएसँगै रायसेना हिल कम्प्लेक्सको साउप ब्लकमा अधिकांश काम प्रभावित भएका छन् । गृहमन्त्री राजनाथ सिंहसहित शीर्ष सैन्य र सिभिल अधिकारहिरु कार्यालय गएका छैनन् । इकोनोमिक टाइम्सका अनुसार संक्रमित रक्षा सचिवको सम्पर्कमा आउका ३० जना कर्मचारी क्वारेन्टाइनमा राखिएका छन् ।

रक्षा सचिवमा कोरोना देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ भने साउथ ब्लकलाई सेनिटाइज गरिएको छ । रक्षा सचिव हालैमात्रै रक्षा मन्त्रीका सबै भिडियो बैठकमा सहभागी भएका थिए । उनको कार्यालय साउथ ब्लकको पहिलो तलामा मन्त्रीको कक्षसँगै रहको छ । यही तलामा सेना र नेभी प्रमुखका कार्यालय पनि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *