अमेरिकामा नाम मात्रको जातीय समानता
विश्व अर्थतन्त्रको शीर्ष स्थानमा रहेको र विश्व महाशक्ति राष्ट्र हो अमेरिका। प्रजात्रान्त्रिक मुलुक, नागरिक अधिकार, मौलिक हक अनि भेदभावरहित समाज भन्ने हामी सबैको विश्वासप्रति जर्ज फ्लोडको हत्याले प्रश्न चिन्ह उठाएको छ।
जर्ज फ्लोडको हत्याले अमेरिकमा जातीय भेदभावको समस्या कुन हदसम्म छ भन्ने देखाउँछ। अमेरिकामा काला रंगका युवामाथि प्रहरीद्वारा गरिने हिंसा मृत्युको प्रमुख कारण बनिरहेको छ। सन २०१९ मा मात्रै अमेरिकी प्रहरीको गोलीबाट १ हजार ४ जनाको मृत्यु भएको थियो।
हरेक वर्ष करिव एक हजार काला अमेरिकी नागरिक मध्य एक जनाको प्रहरीको गोलीबाट मृत्यु भएको देखिन्छ। गत हप्ता फ्लोडको हत्याले सडकमा धेरैलाई अमेरिकी जीवनको कालो पक्षको उजागर गर्न अनि हामीले कल्पना गर्ने गरेको ‘विलासी अमेरिकी सपना’ माथि तुषारापात भएको छ।
अमेरिकी प्रहरीले बिगतमा हजारौं काला जातिका पुरुष र महिलालाई गोली प्रहार गरेका छन्। अगस्ट २०१४ मा मिसुरीको फग्र्युसनमा गोरा प्रहरी अफिसरले माइकल ब्राउनको गोली हानी हत्या गरेका थिए। उक्त घटनापछि देशभरी विरोध प्रदर्शन भएको थियो।
अभियानले ठूलो रुप लिएपछि काला वर्णका नागरिकको जीवन रक्षा सम्बन्धिे बहस तातेको थियो। यो आन्दोलनको मुख्य उद्देश्य जातीय न्यायको लागि लड्नु थियो।
अमेरिकी काला परिवारका अभिभावकहरु आफ्ना सन्तानहरुले गोरा पुलिस अधिकारीसँग कसरी व्यवहार गर्ने भन्ने प्रश्न बोकेर मनोवैज्ञानिक त्रास लिएर बाँचिरहेका छन्, जुन मानसिक तनावका रुपमा दिनँहु झेली रहेका छन्। खेल मैदानमा गएको सन्तान साँझ घर सकुशल फर्किन्छ कि फर्किन्न भन्ने कुरामा निश्चिन्त हुन सकेका छैनन् काला समुदायका परिवार।
यो काला र गोरा वर्णबीचको सामाजिक सद्भावको लागि निक्कै हानिकारक देखिन्छ। ब्राउनको मृत्युपछिको विरोध प्रदर्शनले लामो समयदेखि जातीय तनावको नारालाई राष्ट्रिय रुपमा अघि बढायो। देशभरी आन्दोलन चर्केपछि त्यसपछिका दिनहरूमा, आन्दोलनकारीलाई तितरबितर पार्न अश्रु ग्यास र रबरको गोली तथा पानीको फोहोरा प्रयोग गरी आन्दोलन नियन्त्रण गर्ने काम भएको छ।
आन्दोलनले हिंस्रक रुप लिएको तथा अन्दोलानकारीको भीडबाट प्रहरीमाथि गोली हानेको अफवाहहरू उठ्न थाले। त्यसकारण अमेरिकन सरकारले ठूला ठूला बख्तरबन्द गाडीहरू तैनाथ गर्यो र आपतकालिन अवस्था घोषणा गरियो।
अहिले पनि त्यस्तै प्रकृतिको घटना दोहोरि रहेको छ। आन्दोलनले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाजको ध्यानाकर्षण गर्यो र ‘काला वर्णका मान्छेहरुको जीवन रक्षा’ आन्दोलन बलियो बनाउन सहयोग पुर्यायो। फ्लोडको हत्यापछि यस मानव त्रासदिको कुनै वास्तविक ‘क्रान्तिकारी’ कदम र उपलब्धि प्राप्त गर्न सम्भव छ र ? आशा त गर्न सकिएला तर भर परि हाल्ने अवस्था भने छैन्न।
अमेरिकामा कानून पालकद्वारा अफ्रिकी मूलका मानिसलाई गर्ने व्यवहार उनीहरुको वर्ण हेरेर गर्ने गरेको आरोप छ। जातीय भेदभाव को उदारहण धेरै अमेरिकी समाजले बिगतमा घटेका घटनाहरु र यसको देशका इतिहासको पानामा पढ्न पाइन्छ।
चाँडो भन्दा चाँडो अमेरिकन सरकारले कानून पालकलाई सबै जाति, वर्णलाई समान ब्यबहारको अभ्यास दैनिक जीवनमा लागू गर्नु पर्ने देखिएको छ। अफ्रिकी–अमेरिकीहरू र गोरा मुलका प्रहरी अधिकारीबीचको मदभेद वा भिन्नताले उत्पन्न हुने विवादलाई तत्काल सम्बोधन गर्नु पर्दछ।
काला मान्छेहरु विरुद्ध प्रहरीको क्रुरता, अत्याचार आधुनिक अमेरिकामा दिनहुँ बढ्दो छ। जुन देश विश्वभर प्रजातन्त्र अनि मानव अधिकारको वकालत गर्दै हिँड्छ, आफनै देशमा भएको जातीय भेदभाव अनि मानव अधिकार उल्लंघनको घटनालाई खाली अपराधिक गिरोहले गरेको उदण्डता को संज्ञा दिन्छ।
काला मान्छेहरु विरुद्ध प्रहरीको क्रुरता, अत्याचार आधुनिक अमेरिकामा दिनहुँ बढ्दो छ। जुन देश विश्वभर प्रजातन्त्र अनि मानव अधिकारको वकालत गर्दै हिँड्छ, आफनै देशमा भएको जातीय भेदभाव अनि मानव अधिकार उल्लंघनको घटनालाई खाली अपराधिक गिरोहले गरेको उदण्डता को संज्ञा दिन्छ।
खोइ ठूला राष्ट्र पनि अरुको आङको जुम्रा देख्छन् आफ्नो आङको भैंसी देख्दैनन् भन्ने उखान सिद्ध गरिरहेको छन्। रुकुम घटनालाई निष्पक्ष छानविन हुनुपर्छ भनेर अन्तर्वार्ता दिरहेको देख्दा कता कता हाँसो उठेर आउछ अनि प्रश्न गर्न मन लाग्छ, फ्लोडको परिवारलाई न्याए दिलाउँछौ त?
धन्न आधुनिक जमाना अनि प्रविधिको सहयोगले सर्वसाधारण प्रत्यक्षदशीले मोबाइल फोनको प्रयोगद्वारा फोटो र भिडियो प्रमाणको रुपमा सामाजिक संजाल हरुमा राख्न थालेपछि प्रहरी प्रसाशनलाई घटना ढाकछोप गर्न नमिल्ने भएको छ। सरकारलाई दबाब दिनको लागि भरपर्दो माध्यम भएको छ। यदि प्रमाण नहुने हो भने अमेरिकामा गोरा प्रहरीको ज्यादतीको शिकार भएका कति घटना गुमनाम भएका होलान्।
विभिन्न घटनाहरु सामाजिक संजालमा प्रमाणसहित आएपछि राष्ट्रिय समाचार बन्छ। साक्षीलाई आधार मानेर ठूला ठूला टेलिभिजनले घटनाहरू छिट्टै प्रसारण गर्न अनुमति दिन्छ। यो उत्कृष्ट माध्यमबाट प्रमुख मिडियाले घटनामा संलग्न संदिग्ध प्रहरी अधिकृत र ज्यादतीका कार्यको प्रमाण जुटाउन मद्दत गर्दछ।
बिना प्रमाणका आधारमा गरिएका कतिपय सत्य घटना पनि प्रसारण नगरिएको हुन सक्छ। पीडितले न्याए नपाएको घटना धेरै छन्। त्यसै गरी तथाकथित ‘जातीय उन्मुक्ति’ का नाम लिएर खोलेका संस्थाहरुले जातीय विभाजनका विषय उठान गरी गलत सूचनलाई सम्प्रेषण नगर्ने भने होइन।
अमेरिकामा सामाजिक विभाजन काला वर्ण र सेता वर्णबीचको व्यापक हुँदै गइरहेको छ। वर्तमान अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पका बिभिन्न समयमा आउने विवादस्पद भनाइले पनि पुस्टी गर्छ। जसले गर्दा विभिन्न भौगोलिक मूलका साथीबीच व्यापक रुपमा खाडल बढ्दै गइरहेको छ, जुन दुखद छ।
अमेरिकी सेता प्रहरी अधिकारीको व्यक्तिगत पूर्वाग्रह वा पक्षपात जे भने पनि उनीहरूले गर्ने गरेको कुकर्मले पेसागत निर्णयमा बाधा पुर्याउँछ। जुन देशको मूल कानुन अनि प्रहरीको विभागीय नीति र प्रशिक्षणको विपरीत हो। राष्ट्र हित बिरुद्ध छ। तर सेता वर्णका प्रहरी अफिसरहरू उनीहरू जन्मिएर हुर्केका ठाउँका रैथाने ठानछन्। काला वर्णका अफ्रिकन मुलका अमेरिकनलाई आफ्नो दबदबा कायम गर्न खोज्नु नै ठूलो भुल हो।
शताब्दीदेखि चली आएको परम्परा पुलिस विभागमा रहेको पितृसत्तात्मक नेटवर्क छ जो तोड्न निक्कै गाह्रो छ। अर्थात् सबैलाई समान हक अधिकार अनि दण्डित गर्ने प्रक्रिया नै गलत छ। पछिल्लो समय प्रहरी कारबाहीमा अफ्रिकी–अमेरिकीको मृत्यु ठूलो संख्यामा हुन थालेपछि घटनाले उग्र रुप लिएको छ।
हरेक राष्ट्रपति चुनावताका यो मुद्दाले चर्चा पाउँछ, अनि चुनाव सकिए लगत्तै सेलाउँछ। कोरोना भाइरस रोग (कोविड (१९ ) महामारीले अमेरिकामा एक लाख भन्दा धेरैको ज्यान गइसकेको छ। बेरोजगारी बढेको छ। आय स्रोत घटेको छ। मानिसहरू स्तब्ध छन्, क्रोधित छन्, शोकित छन् र रिसाएका छन्।
सामाजिक, आर्थिक अनि राजनीतिक समस्या बढी रहेकोले पनि यस पटक जातीय भेदभावको बिषयमा भैरहेको प्रदर्शन ले ठूलो रुप लिरहेको छ। । नागरिकहरुको अशान्ति बेरोजगारीको रूपमा देखा परेको छ र आउँदो महिनाहरूमा आर्थिक उदासीनता पूर्ण रूपमा ग्रस्त हुने संभावना छ। अनिवार्य अलगावबाट अनलक प्रक्रिया हटाइँदै छ, जसले केवल अनिश्चिततामा थप्न सक्छ। प्रदर्शनकारीमा कोविड–(१९ को फैलावट गम्भीर चिन्ताको विषय हुनु पर्ने हो।
तर हिंसात्मक मुठभेड सामुहिक रुपमा गरेपछि यस रोगको फैलावटको ग्यारेन्टी छ। थिचोमिचोमा पर्नेहरूको अधिकारको लागि संघर्ष गर्दा प्रदर्शनकारले भने आफ्ना भाइहरूलाई संक्रमण सारिरहेका छन्। यसले कोरोना रोकथामको सम्भावनालाई पर सारिरहेको छ। पूर्ण लकडाउन नगरेर आलोचना खेपिरहेको अमेरिकी सरकारलाई देशको सामूहिक महामारी नियत्रणमा हानिकारक प्रभाव पारिरहेको छ ।
यसैले, अमेरिकाले उपयुक्त कानुन विदहरु , अपराध विशेषज्ञ र विद्वानहरुद्वारा वार्ता सुरु गरी कानुन परिमार्जन गरी दोषीलाई कारबाही गर्नु पर्ने देखिन्छ। जसले गर्दा भविस्यमा नागरिक अशान्तिको सम्भावनालाई घटाउने छ। परिस्थितिको सही मूल्यांकनको आवश्यक छ। उचित कदम नचालेको खण्डमा अमेरिकाले भविष्यमा ठूलो चुनौती खेप्नु पर्नेछ। कोरोना महामारीको रोकथाम अनि सामाजिक सद्भावको विषयमा।
वर्तमान परिस्थितिमा सरकार सजक हुनु पर्ने देखिएको छ। यो हिंसात्मक र जनताको भाव विभाजित भएको समय छ। नागरिकमा दैनिक हुने रंगभेदी असमानताको बारेमा जागरूकता आएको देखिन्छ। आउँदो दिनहरूमा तर्क र भावना सन्तुलित हुनु आवश्यक छ किनकि आन्दोलनरत समुदायहरू जसले विरोध गरिरहेका छन् उनीहरुलाई कोविड–१९ को संक्रमण हुने सम्भावना अधिक छ। आशाबादी पनि छन् कि फ्लोडको हत्यासँग सँगै उनको परिवारले न्याय पाउने छ। जातीय भेदभावको अन्त्य हुनेछ।
Facebook Comment