बुन्डेशलिगा फुटबलको उपाधी यात्रामा वायर्न म्युनिख

काठमाडौं । बलियो प्रतिद्वन्दी वायर लिभरकुशेनलाई पराजित गर्दै वायर्न म्युनिखले जारी जर्मन बुन्डेशलिगा फुटबलको उपाधी यात्रा सहज बनाएको छ ।
सातपटक लगातार लिग उपाधी जितिसकेको वायर्नले अब दुई खेल जितेमा लिगको उपाधी आठौं पटक हात पार्नेछ । जारी लिगमा उसले अब चार खेल मात्रै खेल्न बाँकी छ ।
हालसम्म २६ खेल खेलिसकेको वायर्नले अहिलेसम्म दुईवटा खेलमा मात्रै पराजय व्यहोरेको छ । गएराती भएको खेलमा बलियो टोली लिभरकुशेनलाई वायर्नले ४–२ गोल अन्तरले पराजित गरेको हो ।
यो जितसँगै वायर्नले ७० अंक बनाएको छ । अंक तालिको दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमण्डको ६३ अंक छ । डोर्टमण्डले पनि गएराती नै भएको अर्को खेलमा हेर्थ बर्लिनलाई १० गोलअन्तरले पराजित गर्यो ।
प्रतिक्रिया
Facebook Comment