आईपीएलमा आफुलाई जातिय भेदभाव गरेको वेस्टईन्डिजका पूर्व कप्तानको आरोप

काठमाडौं । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको पुलिस हिरासतमा मृत्यु भएपछि क्रिकेटमा पनि जातिय भेदभाव बिरुद्ध आवाज उठ्न थालेको छ । जातिय भेदभावको कारण अहिले आईपीएल पनि बिबादमा मुछिन थालेको छ । वेस्टईन्डिजका पूर्व कप्तान डैरेन सामिले आईपीएलमा जातिय भेदभाव हुने गरेको खुलासा गरेका छन । सामिले आईपीएल टोली सनराइजर्स हैदराबादबाट खेल्ने क्रममा आफु र श्रीलंकन खेलाडी थिसारा परेराले जातिय टिप्पणीको सामना गरेको बताएका छन ।
सामि भन्छन, “खेलको क्रममा उनी र परेरालाई कालु भन्ने शब्द प्रयोग गरिन्थ्यो, जुन शब्द उनीहरूले अहिले आएर बुझेका छन्।” यो थाहा पाए पछि उनीहरु आईपीएल देखी रिसाएका छन ।
सामिले शनिबार आफ्नो इन्स्टाग्राम लेखे, “मलाई ‘कालु’ को अर्थ थाहा भयो। जब म आईपीएलमा सनराइजर्सको लागि खेल्थें, म र थिसारा परेरा उस्तै नामले चिनिन्थ्यौं। मैले सोचें कि यसको मतलब कडा घोडा हो। तर अब मलाई यसको अर्थ के हो भनेर थाहा भइसकेको छ।” यद्यपि यस पोष्टमा यो प्रष्ट छैन कि कसले उनलाई यस जातीय शब्दका साथ बोलाउँथे। साथि, प्रशंसक वा अरू कोही।
अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युपछि सामिले अमेरिकामा दृढतापूर्वक समर्थन गरिरहेका छन। उनले विश्व क्रिकेटलाई रंगभेदको बिरूद्ध आवाज उठाउन अपील गरेका छन। यसबारे सामिले ट्वीट गरे, “अमेरिकामा पुलिस अफिसरको फ्लोएडको घाँटी थिचेको भिडियो हेरेर पनि विश्व क्रिकेट रंगभेदको बिरुद्ध अगाडि आउदैन भने विश्व क्रिकेट पनि यो समस्याको एक अंग हुनेछ ।”
. @ICC and all the other boards are you guys not seeing what’s happening to ppl like me? Are you not gonna speak against the social injustice against my kind. This is not only about America. This happens everyday #BlackLivesMatter now is not the time to be silent. I wanna hear u
— Daren Sammy (@darensammy88) June 2, 2020
यस अघि वेस्टईन्डिजका ब्याट्सम्यान क्रिस गेलले क्रिकेटमा पनि जातिय भेदभाव रहेको बताएका थिए । गेलले यसका बारे इन्स्टाग्राममा लेखे, “कालो व्यक्तिको जीवन अरुको जीवन जत्तिकै अनमोल छ। मैले विश्वका धेरै देशहरुमा यात्रा गरें। यस समयमा मैले धेरै जातीय कुराहरु सुनेको छु, किनकि म कालो हो।”
✊???✊? pic.twitter.com/kyJP7GxnlK
— Chris Gayle (@henrygayle) June 1, 2020
Facebook Comment