भियतनाममा फुटबल फर्कियो, ३० हजार दर्शकहरूको उपस्थितिमा खेल

डिसी नेपाल
२५ जेठ २०७७ १७:३८

काठमाडौं । कोरोनाभाइरसको कारण फुटबल प्रतियोगिताहरू दर्शक बिना नै विश्वभर सुरू हुँदैछ। भियतनाममा पनि ५० दिन पछि दर्शकहरूको उपस्थितिमा फुटबल फर्किएको छ। शुक्रबार भएको प्रोफेशनल फुटबल लिगमा तीन लिग खेलहरू खेलिएका थिए। एक खेलमा करीव ३० हजारदर्शकहरु उपस्थित थिए।

खेलको समयमा सामाजिक दूरीको नियमहरू पनि पालना गरिएको थिएन। दर्शकहरु एक अर्काको नजिकै बसिरहेका थिए। धेरैजसो मानिसहरूले मास्क पनि लगाएका थिएनन। दर्शकहरू स्टेडियममा प्रवेश गर्नु अघि थर्मल स्क्रीनिंग गरिएको थियो।

खेल हेर्न स्टेडियममा आएका एक दर्शकले भने, “यदि हामी कोरोनाबाट डराउँछौं भने हामी त्यो खेल हेर्न आउँदैनौं। हाम्रो देशमा कोरोनासँग लड्नका लागि अपनाईएको उपायहरू सफल भएको छ । त्यसैले अब मानिसहरू घरबाट बाहिर निस्कदैछन र स्टेडियममा आउँदैछन्।”

भियतनामको फुटबल टिमका कप्तान क्वी हेई पनि दर्शकको उपस्थितिबाट धेरै खुसी छन्। उनले भने, “यो रङशालामा दर्शकहरुलाई देख्दा खुसी लाग्यो। म भन्दिन कि हामीले अरू देशहरू संगको तुलना गर्नुपर्छ। तर कोरोनाको त्रासमा, फुटबल भियतनाममा फिर्ता आएको छ। यसले कोरोनाको बिरूद्ध कडा लडाई लडेको कुरा जनाउछ ।”

भियतनाममा कोरोनाको कारण गत मार्चमा फुटबल प्रतिबन्ध लगाइएको थियो। ५० दिनमा १० करोडको जनसंख्या भएको यस देशमा केवल ३२८ जाना मात्रै कोरोना संक्रमित भेटिएका थिए तर संक्रमितमध्ये कसैको मृत्यु भएन । जबकि भियतनाम चीनको सिमानामा छ। र वुहान शहरबाट कोरोना संसार भरि फैलियो।

कोरोनालाई नियन्त्रणमा राख्न सफल भएकोमा भियतनामको विश्वव्यापी प्रशंसा भइरहेको छ। यहाँ व्यक्ति संक्रमण नियन्त्रण गर्न ठूलो मात्रामा परीक्षण गरियो। केन्द्रीयकृत संगरोध कार्यक्रम सिर्जना गरिएको थियो। यसले भाइरस नियन्त्रण गर्न ठूलो सहयोग पुर्‍यायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *