क्यानले राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक वृद्धिका लागि आईसीसी संग माग गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बसेको बैठकले (आईसीसी) सँग राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक वृद्धिका लागि माग गर्ने निर्णय गरेको छ । क्यानको बैठकले अहिले खेलाडीले पाउन बाँकी रहेको पारिश्रमिकको हरेक ग्रेडमा १० हजार रुपैयाँ वृद्धि गरी पठाइदिनको लागि आईसीसीमक्ष प्रस्ताव गर्ने निर्णय गरेको हो ।
क्यानले सेन्ट्रल कन्ट्रयाकको नयाँ लिस्ट सार्वजनिक गर्नुअघि तलब बढाउन प्रस्ताव गरेको छ । क्यान निलम्बन भएको बेलादेखि नै आइसीसीले नेपाली खेलाडीलाई तीन ग्रेडमा विभाजन गरेर पारिश्रमिक पठाउँदै आइरहेको छ । जसकारण अहिले ग्रेड ‘ए’मा रहेका खेलाडीले ३५ हजार ग्रेड ‘बी’मा रहेका खेलाडीले २५ हजार र ग्रेड ‘सी’मा रहेका खेलाडीले १५ हजारका दरले पारिश्रमिक पाउँदै आएका छन् । क्यानले पुरुषतर्फ २४ र महिलातर्फ १८ खेलाडीको सेन्ट्रल कन्ट्रयाक गर्ने पनि निर्णय गरिसकेको छ । नेपालमा महिला क्रिकेटरहरुको पहिलोपटक सेन्ट्रल कन्ट्रयाक हुन लागेको हो ।
कोरोना र देशव्यापी लकडाउनका नेपाली खेलकुद चैत पहिलो सातादेखि स्थगित रहँदा क्रिकेट टोलीले पनि प्रशिक्षण गर्न नपाएका कारण क्यानले खेलाडीको प्रशिक्षणका लागि सरकारको निर्णय पर्खिरहेको बताएको छ । कोरोना र देशव्यापी लकडाउनका नेपाली खेलकुद चैत पहिलो सातादेखि स्थगित रहँदा क्रिकेट टोलीले पनि प्रशिक्षण गर्न पाएका छैनन् । क्यानले असार १५ पछि प्रशिक्षण सुरु गर्नका लागि सरकारसंग अनुमति माग्ने निर्णय भएको हो ।
आईसीसीले पनि क्रिकेट विश्वकप लिग २ स्थगित गरिसकेको छ । जसकारण नेपालले प्रतिस्पर्धा गर्ने तीन ट्राइ सिरिज पनि स्थगित रहेको छ । क्यानको बैठकले प्रदेश संरचनालाई ध्यानमा राख्दै सातैवटै प्रदेशमा एक–एक जना प्रशिक्षण राख्ने प्रस्तावसमेत गरेको छ । यसैगरी विदेशी प्रशिक्षक नियुक्तिका विषयमा पनि छलफल भइरहेको र अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ
Facebook Comment